प्रतिनिधि सभाको बैंठक बस्दै, यस्तो छ कार्यसूची

<p>काठमाडौं । आइतबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने छ । सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा [&hellip;]</p>

काठमाडौं । आइतबार संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने छ ।

सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथिको खर्च कटौतीबारे प्रस्ताव पेश गरिने संघीय संसद्का सचिवालययले जनाएको छ ।

 

 

Share News