काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । शुक्रबार उनले न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए लगत्तै उनी प्रधानन्यायाधीश नियुक्त भएका हुन् । संसदीय सुनुवाइ समितिको शुक्रबार बिहान बसेको बैठकले उनको नाम अनुमोदन गरेको थियो ।
प्रधानन्यायाधीशमा नियुक्त भएसँगै शपथको तयारी थालिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।