गृहले गर्याे एकैपटक सीडीओहरूको सरुवा, कहाँ को ?

<p>काठमाडौं । गृह मन्त्रालयले एकैपटक विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओहरु) को सरुवा तथा पदस्थापना गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले सुगम र दुर्गम मिलाएर सरुवा र पदस्थापन गरेका हुन । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले एकैपटक विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओहरु) को सरुवा तथा पदस्थापना गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयले सुगम र दुर्गम मिलाएर सरुवा र पदस्थापन गरेका हुन ।

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू तथा गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरिएको जनाएको छ ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

त्यस्तै कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको मन्त्रालयले जनाएको छ ।

मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ, सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडालाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको मन्त्रालयको दाबी छ ।

त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्व र खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुर पठाईएको छ । उनीहरूलाई समेत सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो ।

रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रे, कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ र काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

यस्तैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरिएको छ । उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौं बाहिर पठाइएको मन्त्रालयले जनाएको छ ।

Share News