पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान चीनको छेन्दुकमा

<p>काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान चीनमा हुने भएको छ । असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान गर्न लागेको हो । चीनबाट चिनियाँ पर्यटक बोकेको जहाज चार्टड उडानमार्फत पहिलो पटक पोखरा आउन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । जसका लागि क्यानले शुक्रबार उडान [&hellip;]</p>

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान चीनमा हुने भएको छ । असार ६ गते चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान गर्न लागेको हो ।

चीनबाट चिनियाँ पर्यटक बोकेको जहाज चार्टड उडानमार्फत पहिलो पटक पोखरा आउन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । जसका लागि क्यानले शुक्रबार उडान अनुमति समेत दिएको छ ।

चीनको छेन्दुबाट ९ घण्टा हाराहारिको उडानमा पोखरा विमानस्थलमा जहाज अवतरण गर्नेछ ।

सिचुवान एयरलाइन्स र नेपाली पक्षबीच नियमित उडानबारे छलफल भईरहेको भन्दै तत्कालका लागि चार्टड उडान हुन लागेको क्यानले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए ।
औपचारिक रुपमा उद्घाटन भएको साढे ६ महिनापछि पहिलो पटक चार्टर्ड उडान हुन लागेको हो ।

Share News