
काठमाडौं । बागमती प्रदेशले प्रदेश सरकारको खर्चमा वैदेशिक, अध्ययन तथा अवलोकन भ्रमण सञ्चालन नगर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।
विभिन्न निकायहरूबाट मापदण्ड कार्यविधि निर्देशिकामा व्यवस्था गरी प्रदान गरिने अतिरिक्त प्रोत्साहन र विशेष भत्ता खारेज गरेको पनि लामाले बताए ।