वान एक्स बेटमा कारोबार गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

<p>काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेको स्रोतले जनाएको छ । कलाकार श्रेष्ठसहित, राजु पौडेल, पवन खतिवडा, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् [&hellip;]</p>

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेको स्रोतले जनाएको छ ।

कलाकार श्रेष्ठसहित, राजु पौडेल, पवन खतिवडा, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ नेपालमा प्रतिबन्धित छ ।

Share News