काठमाडौं । करदाताले आयकर भुक्तानी नगरेपछि आन्तरिक राजश्व विभागले भुक्तानीमा ताकेका गर्न थालेको छ ।
४० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिगत करदाताले पछिल्लो समय कर भुक्तानी नगरेको भन्दै विभागले भुक्तानीमा ताकेता गर्न सम्बन्धित कार्यालयलाई परिपत्र जारी गरेको हो ।
विभागले बिहीबार एक सूचना जारी गर्दै ठूला करदाता कार्यालय हरिहरभवन, मध्यमस्तरिय करदाता कार्यालय बबरमहल, आन्तरिक राजश्व कार्यालय सबै र करदाता सेवा कार्यालय सबैलाई सो परिपत्र गरेको हो ।
केही व्यक्तिहरुले आयकर विवरण भुक्तानी नगरेको भन्ने जानकारी आएपछि भुक्तानीमा ताकेता गर्न सम्बन्धित कार्यालयलाई परिपत्र गरिएको विभागका सूचना अधिकारी राजु प्याकुरेल बताउँछन् ।
‘यो नियमित प्रक्रिया हो, वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिहरुले तोकिए बमोजिम आयकर भुक्तानी गर्नुपर्ने हुन्छ, तर पछिल्लो समय केही व्यक्तिले भुक्तानी नगरेको पाएपछि हामीले भुक्तानीमा ताकेका गरेका हौँ’, उनले भने ।
विभागबाट आइटीएस प्रणाली सुधार गरी प्राकृतिक व्याक्तिको ४० लाख भन्दा बढी आय भएको तर डे४ विवरण पेश नगर्ने करदाताको पहिचान गर्न आइटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म इटीडिएस एभो ४० लाख समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था छ । सो प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकर छलि गरिएको भेटिएको विभागले जनाएको छ ।
विभागले जारी गरेको परिपत्रमा भनिएको छ, ‘कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँभन्दा बढीको आय भएकोमा अग्रीम कर आय हुने करदाताको विवरण हेरी नियमाननुसार टिडिएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका टीडीएस सम्बन्धी हुर्नुपर्ने सबै विषयको चेक, जाँच, परीक्षण सम्पूर्ण कार्य सकेर इएमआइएस प्रणालीमा प्रविष्ट गर्न आदेशानुसार अनुरोध छ ।’