काठमाडौं । नागरिकता माग गर्दै माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका बताइएको छ । उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन् ।
पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ ।