काठमाडौं । ज्योति क्यापिटलको सञ्चालकमा अविनास उप्रेती नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो ।
उप्रेती ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् ।
स्नातकोत्तर तह (एमबिए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ क्यापिटलले जनाएको छ ।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । यस क्यापिटलले हालसम्म नेपाल सरकारलाई रु ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ ।
यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।