नेपाल विज्ञापन संघ आनले ३३औ वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनायो

<p>काठमाडौं । नेपाल विज्ञापन संघ आनले आफ्नो ३३औ वार्षिकोत्सव सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ भव्य तथा सभ्य रुपमा मनाएको छ । मंगलबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइयो । शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय [&hellip;]</p>

काठमाडौं । नेपाल विज्ञापन संघ आनले आफ्नो ३३औ वार्षिकोत्सव सृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ भव्य तथा सभ्य रुपमा मनाएको छ ।

मंगलबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइयो ।

शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनसिल र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए ।

कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गरेका थिए । कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Share News