ईप्पान निर्वाचनमा ३८ जनाको उम्मेदवारी दर्ता, ५ जना निर्विरोध

<p>काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ । २५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)को नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र मासचिवमा २/२ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ ।

२५ सदसीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

यस्तै, पाँच जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको छ । उनीहरू निर्विरोध निर्वाचित भएका छन् । पाँच जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, १० जना सदस्यहरूको लागि १७ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।

३ जना महिला सदस्य ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी भने निर्विरोध निर्वाचित भएका छन् । ईप्पानको अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुँदैछ ।

Share News