काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएपछी केही दिन सहिद गंगालाल हृदयरोग केन्द्रमा गएर जाँच गरिरहेका थिए ।
अस्पताल केन्द्र स्रोतका अनुसार उनलाई मुटुमा समस्या देखिएपछी गंगालाल लगिएको थियो । आईतबार पनि राष्ट्रपति जाँचको लागी केन्द्र पुगेका थिए ।
मंगलबार थप जाँच गर्दा मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) देखिएपछि एनजिओ गरी मुटुको भल्व खोलिएको छ । उनको केन्द्रमा भर्ना गरि उपचार भईरहेको छ ।