शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित

<p>काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन र महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका [&hellip;]</p>

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार भएको महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन र महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी, सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरुमा बाबुकाजी मानन्धर, दिनेश श्रेष्ठ,नरेशकुमार मल्ल, राजकुमार श्रेष्ठ, अमृत रोकाया क्षेत्री, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन, विनिता राई र राजेश रत्न बज्राचार्य चयन भएका छन् ।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा मनोनित गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ । मनोनित हुनेहरुमा नविन आले मगर, ज्ञानेन्द्र नकर्मी, निर्मला महर्जन, प्रज्वल राई, रेणुका श्रेष्ठ, देविका राई र रचना श्रेष्ठ रहेका छन् ।

त्यस्तै, वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील९शंकर० मान तुलाधर उदास र कर्णालीको संयोजकमा  रमेशकुमार केसी चुनिएका छन् ।

महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने जनाइएको छ ।

Share News