सुर्खेतमा नागरिक लगानी कोषको पाचौं शाखा विस्तार

<p>काठमाडौं । सुर्खेतमा नागरिक लगानी कोषको कार्यालय स्थापना गरिएको छ । वीरेन्द्रनगर ८ खजुरामा स्थापना भएको कार्यालयको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् । आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिका साथ साथै लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यले सुर्खेतमा पनि कार्यालय स्थापना गरिएको कोषका अध्यक्ष प्राडा. [&hellip;]</p>

काठमाडौं । सुर्खेतमा नागरिक लगानी कोषको कार्यालय स्थापना गरिएको छ । वीरेन्द्रनगर ८ खजुरामा स्थापना भएको कार्यालयको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिका साथ साथै लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यले सुर्खेतमा पनि कार्यालय स्थापना गरिएको कोषका अध्यक्ष प्राडा. सूर्य बहादुर थापाले बताए ।

सुर्खेतमा कार्यालय स्थापना भएसँगै कर्णालीका सबै नागरिकहरूमा सेवा प्रवाह गरिने कोषले बताएको छ । उद्द्घाटन समारोहमा कोषका अध्यक्ष थापा र कार्यकारी निर्देशक रमण नेपाल सहभागी थिए ।

Share News