आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न दैनिक उपभोग्य वस्तुमा भ्याट लगाएको हुँ, ‘म एस म्यान हैन’

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दैनिक उपभोग्य वस्तुको आयातलाई कम गर्न मूल्य अभिबृद्धि कर (भ्याट) लागू गरिएको बताएका छन् । गत जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा प्रतिनिधि सभाका सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारले यस्ताे निर्णय लिएकाे बताएका हुन् । ‘दैनिक उपभोग्य वस्तुमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दैनिक उपभोग्य वस्तुको आयातलाई कम गर्न मूल्य अभिबृद्धि कर (भ्याट) लागू गरिएको बताएका छन् । गत जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा प्रतिनिधि सभाका सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारले यस्ताे निर्णय लिएकाे बताएका हुन् ।

‘दैनिक उपभोग्य वस्तुमा कर लागेको कुरा माननिय ज्यूहरुले उठाउनु भएकोे छ, यहाँहरुको चासो चिन्ता, जिज्ञासा स्वभाविक हो’, उनले भने, ‘आन्तरिक उत्पादन कर्तालाई संरक्षण गर्न आयातमा भ्याट लगाईएको हौँ, यहाँ उत्पादन नहुने वस्तुहरुको आयात कम छ, तर हाम्रो मै उत्पादन हुने दैनिक उपभोग्य वस्तुहरु धेरै आयात भएको देखेर आयातलाई निरुत्साहीन गर्न भ्याट लगाईएको हो ।’

उनले नाराकै लागि बजेट नआएको बताए । ‘नारा नाराका लागि आएको छैन, हरेक नाराहरु हामीले बजेट विनियोजन, कार्यक्रम र एउटा लक्षित गर्दै ल्याएका छौँ, हरेक क्षेत्रमा हामीले नाराका कुरा उठाएका छौँ, एउटा सार्थक कुरा उठाएका छौँ, उनले भने ।

उनले कुनै पनि व्यवसायिक घरानालाई फाइदा पुग्ने गरी करका दरमा हेरफेर नभएको दाबी गरे ।

‘करका दरमा हामीले र्यासनालाईजको कुरा गरेका छौँ, कुनै एउटा व्यवसायिक घरना, व्यत्ति, तथा संस्थालाई नभई राजश्वमा केन्द्रीत भएका छौँ, भ्याट संकुचन हुँदै थियो, हाम्रा आवश्यकतालाई हामी आफैले फन्ड गर्न सक्छौँ भनेर नै करका दर हेरफेर गरेका हाैं, ’ उनले भने ।

‘आलु प्याज पनि विदेशबाट आयात गर्ने ? आफै उत्पादन गरेर खानु पर्‍यो,’ उनले भने ।

यस्तै, उनले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन् । सबै कुरा एस एस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाई थियो ।

आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं, एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए ।

Share News