कुशकुमार, उमेश श्रेष्ठदेखि मल्ललाई सँगै राखेर कार्कीको टीम घोषणा, आचार्य र गुरागाईंको पनि साथ

<p>काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेदवार छन् भने पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्कीले आफ्नो प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेदवार छन् भने पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थाको महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवमा भरत खड्का, विक्रम बिष्ट, कबिता पोखरेल र भरत नेपालले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको नयाँ नेतृत्वका लागि मंगलबार मनोनय दर्ता हुँदैछ ।

उनको उम्मेदवारी घोषणा सभामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, व्यवसायी तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ लगायतका व्यवसायीहरु पनि देखिएका छन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल पनि कार्यक्रममा उपस्थित थिए । उनीहरु सबैले कार्कीको समूहलाई जितको शुभकामना पनि दिए ।

ईप्पानका वर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य र निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं पनि कार्कीको उम्मेदवारी घोषणा सभामा देखिएका छन् । यसले पनि उनीहरुले कार्कीको समूहलाई साथ दिएको बुझ्न सकिन्छ ।

 

Share News