ईप्पानको अध्यक्षमा मल्लको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता

<p>काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) को अध्यक्षमा किरण मल्लले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै उनले ईप्पानलाई सबैको साझा संस्था बनाउने प्रतिवद्दता गरे । ईप्पानको माध्यमबाट जलविद्युत् आयोजनाका समस्याहरुलाई अध्ययन, परार्मश र छलफलबाट समाधान गर्न निकाल्ने उनको भनाइ [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) को अध्यक्षमा किरण मल्लले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै उनले ईप्पानलाई सबैको साझा संस्था बनाउने प्रतिवद्दता गरे । ईप्पानको माध्यमबाट जलविद्युत् आयोजनाका समस्याहरुलाई अध्ययन, परार्मश र छलफलबाट समाधान गर्न निकाल्ने उनको भनाइ छ ।

उनले ईप्पानलाई सवैको साझा सस्था बनाउन आमरुपमा पुनरसंरचना गरी व्यापक छलफल मार्फत् साधारण सभाबाट एक चुस्त व्यवसायिक हकहितको निम्ती वकालत गर्ने सस्थाको रुपमा स्थापित गराउने बताए । यस्तै, उनले विभिन्न प्रतिवद्धता पनि सार्वजनिक गरेका थिए ।

यस्ता छन् मल्लका प्रतिवद्धता

ईप्पानसँग सम्वन्धित

-ईप्पानलाई उर्जा उत्पादकहरुको साझा छाता संस्थाकोरुपमा विकासगर्न सम्पूर्ण उर्जा उद्यमीहरुलाई ईपानमा आवद्ध गरी, व्यवसायिक एकता सुदृढ र वलियो बनाई संस्थालाई प्रभावकारीरुपले अगाडि बढाउन उर्जा क्षेत्रका सबै प्रवद्र्धक कम्पनीहरुलाई ईपानको सदस्य बनाउने अभियान सञ्चालन गर्ने ।

-ईप्पानमा आवद्ध सबै उर्जा प्रबद्र्धक कम्पनीहरुका समस्या तथा गुनासा सुन्न संस्थाको कार्यालयमा हेल्पडेस्कको स्थापना गरी समाधानको पहल गर्नुका साथै सदस्यहरुका समस्या समाधानमा गरेको प्रयास र प्रगतिको समिक्षा गर्न त्रैमासिक रुपमा साधारण सदस्यहरुका विच समिक्षा वैठकहरुको आयोजना गर्ने र सदस्यहरुका विचमा आयोजना निर्माण सम्वन्धि अनुभव साटासाटको कार्यक्रम गर्ने ।

-संस्थाको कामलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार कार्य समिति सदस्य, सल्लाहकार, साधारण सदस्य,जलश्रोत, उर्जा, ईन्जीनियरिङ्ग, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, वातावरण लगायतका आवश्यक क्षेत्रका विज्ञलाई समेटेर विभिन्न समिति तथा उपसमितिहरु बनाई व्यवस्थित सचिवालय निर्माण गर्ने ।

-संस्थाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय एवं अन्तराष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने र संस्थाको तर्फबाट सहभागी गर्ने गराउने ।

-उर्जा क्षेत्रमा भैरहेका प्रशासनिक कार्य, नियम, कानुन, आयोजना निर्माण, डिजाईन आदि विषयमा अध्ययन अनुसन्धान गरी निष्कर्षहरु प्रकाशन गर्ने र कार्यान्वनको लागि सम्बन्धित निकायसँग समन्वय गरी उर्जा क्षेत्रमा लगानी मैत्री वातावरण श्रृजना गर्ने ।

-ईप्पानको कार्यालयलाई मिडिया मैत्री बनाउँदै जलश्रोत तथा उर्जाका क्षेत्रमा कृयाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सञ्चारकर्मीहरुसँगको समन्वयमा तालिम तथा सम्मेलनको आयोजना गर्ने ।

-ईप्पानको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ३ वर्ष भित्र संस्थाको आफ्नै भवन निर्माण वा खरिद गर्ने ।

-हालको संस्थाको एनजीओ स्वरूपलाई परिवर्तन गरि राष्ट्रिय स्वरुपमा व्यवसायिक संगठनको रुपमा कार्य गर्ने सक्ने गरि राष्ट्रिय निर्देशन ऐन २०१८ अर्न्तगत दर्ता गरि संघिय र क्षेत्रगत रुपमा समेत संस्थाका गतिविधि संचालन र संस्थागत रुपमा प्रतिनिधित्व समेत रहने गरि कार्य गर्न आवश्यक छलफल र दर्ता प्रक्रिया अगाडी बढाउने ।

सरकारसँग सम्बन्धित

-विद्युत उत्पादनसँग प्रत्यक्ष सरोकारवाला सरकारी निकायहरु, उर्जा मन्त्रालय, विद्युत नियमन आयोग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणसँगको सम्वन्धलाई संस्थागत र व्यवसायिक सम्वन्धमा रुपान्तरण गर्दै १० वर्षमा १५ हजार मे.वा. उर्जा उत्पादनको सरकारी लक्ष्यमा हातेमालो गर्ने ।

-विद्युत उत्पादनसँग अप्रत्यक्ष सम्बन्ध राख्ने वन तथा वातावरण मन्त्रालय, भुमिसुधार मन्त्रालय, अर्थ मन्त्राल, रक्षा मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैक, नेपाल धितोपत्र बोर्ड, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, सम्बन्धित स्थानीय निकायहरुसँग संस्थागत सम्बन्ध विकास गर्ने र उर्जा उत्पादन सम्वन्धि नीति निर्माणमा सहजीकरण तथा समन्वयको भूमिका निर्वाह गर्ने ।

-उर्जा उत्पादनसँग सरोकारवाला निकायहरुले गठन गर्ने विभिन्न आयोग, संचालक समितिहरु तथा लगानी प्रवर्धन बोर्ड र ने. वि. प्रा. मा हालसम्म ईपानको तर्फबाट कुनै प्रतिनिधित्व नभएकोले सो प्रतिनिधित्व सुनिश्चितताको लागि पहल गर्ने ।

-सरकारले घोषणा गरेको ’राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्वन्धि अवधारण पत्र, २०७२’ मा उल्लेख गरेको सुविधाहरु र ’नेपाल सरकारको बजेट वक्तव्य आ.व. २०७१/७२ मा घोषणा भए बमोजिमको एकमुष्ट अनुदान वापतको रकम नियमित भुक्तानी गर्ने गराउने व्यवस्थाको लागि आवश्यक गृहकार्य गरी ठोस कदम चाल्ने ।

-नेपाल राष्ट्र बैंकको मूल्यवृद्धिको अनुपातलाई आधार मानी विद्युत खरीद विक्री दर समायोजन गर्न आवश्यक गृहकार्य गर्ने र पुराना विद्युत खरीद विक्री सम्झौता ( एएब्)मा भएको विद्युत खरिद दरलाई कम्तीमा एयकतभम च्बतभ कायम गर्न आवश्यक गृहकार्य गरी ठोस कदम चाल्ने ।

-संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरी जलविद्युत आयोजनाको पहिचान, अध्ययन, विकास तथा निर्माण र सञ्चालनको लागि एकद्धार नीति निर्माणको लागि पहल गर्ने ।

-विद्युत क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन विद्युत आयोजना निर्माण तथा सञ्चालन लागि सहज खालका ऐन, नीति र नियम बनाउन आवश्यक गृहकार्य गरी विद्युत उत्पादनको अनुमतिपत्र ५० वर्ष कायम गर्न पहल गर्ने ।

-नेपाल विद्युत प्राधिकरण र सरकारका नीतिगत कमजोरीका कारण, कमजोर वित्तिय अवस्थामा रहेका आयोजनाहरुको उत्थान गर्न दवाव मूलक कार्यक्रम गर्ने ।

-जलविद्युत आयोजनाहरुको स्वामित्व हस्तान्तरण, शेयर खरिद विक्री, पुँजी वृद्धिको लागि अनुमती पत्रको शर्तमा उलंघन गरेको भनी प्रबंधकलाई अत्याधिक जरिवाना भैरहेकोले सो हटाउन सम्बन्धित निकायमा पहल गर्ने ।

-ईप्पानको कार्यालयलाई मिडिया मैत्री बनाउँदै जलश्रोत तथा उर्जाका क्षेत्रमा कृयाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सञ्चारकर्मीहरुसँगको समन्वयमा तालिम तथा सम्मेलनको आयोजना गर्ने ।

-ईप्पानको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न ३ वर्ष भित्र संस्थाको आफ्नै भवन निर्माण वा खरिद गर्ने ।

-हालको संस्थाको एनजीओ स्वरूपलाई परिवर्तन गरि राष्ट्रिय स्वरुपमा व्यवसायिक संगठनको रुपमा कार्य गर्ने सक्ने गरि राष्ट्रिय निर्देशन ऐन २०१८ अर्न्तगत दर्ता गरि संघिय र क्षेत्रगत रुपमा समेत संस्थाका गतिविधि संचालन र संस्थागत रुपमा प्रतिनिधित्व समेत रहने गरि कार्य गर्न आवश्यक छलफल र दर्ता प्रक्रिया अगाडी बढाउने ।

– ने.वि.प्रा. र सरकारका नीतिगत कमजोरीका कारण, कमजोर वित्तिय अवस्थामा रहेका आयोजनाहरुको उत्थान गर्न दवाव मूलक कार्यक्रम गर्ने ।

-जलविद्युत आयोजनाहरुको स्वामित्व हस्तान्तरण, शेयर खरिद विक्री, पुँजी वृद्धिको लागि अनुमती पत्रको शर्तमा उलंघन गरेको भनी प्रबंधकलाई अत्याधिक जरिवाना भैरहेकोले सो हटाउन सम्बन्धित निकायमा पहल गर्ने ।

-निर्माण तथा सञ्चालनमा रहेका विद्युत आयोजनाहरुको लागि वीमा कम्पनी तथा पुर्न विमा कम्पनीबाट सहुलियत मुल्यमा अधिकतम सेवा पाउनको विमा समिति र विमा कम्पनीहरुसँग आवश्यक छलफल गर्ने ।

-नेपाल धितोपत्र बोर्डबाट शेयर निश्कासनका लागि रहेका अप्ठ्याराहरुको समाधानको पहल गर्ने ।

-आयोजना निर्माण सम्पन्न भए पश्चात आयोजना बैक तथा वित्तीय संस्थाले निर्माणको लागि करार सम्झौता गर्दा लिइएको व्यक्तिगत जमानत स्वतः फिर्ता हुने व्यवस्थाका लागि गृहकार्य गर्ने ।

राष्ट्रिय तथा अर्न्तराष्ट्रियसम्बन्धि :

-उर्जा क्षेत्रमा लगानी मैत्री वातावरण तयार गर्न तथा उर्जा क्षेत्रमा भित्रिएका आधुनिक प्रविधिको प्रवर्धन गर्न, स्वच्च उर्जा उपभोगमा वृद्धि गर्न सरकारी निकायको नेतृत्वमा उर्जा सम्मेलन र उर्जा प्रर्दशनीहरुको आयोजना गर्ने । यस्ता सम्मेलनका मार्फत उर्जा क्षेत्रको विकासमा देखिएको समस्याको पहिचान र उर्जा क्षेत्रमा लगानीको वातावरण तयार गर्न आवश्यक नीति तथा कार्यक्रमहरुको अध्ययन गरी समग्र देशको उर्जा क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारसँग हातेमालो गर्ने ।

-सदस्यहरुलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सेमिनार, गोष्ठी, सम्मेलन र प्रदर्शनीहरुमा सहभागी गराई व्यवसायिक हिसाव सवल र सक्षम बनाउने ।

-छिमेकी मुलुकहरुसँग विद्युत व्यापार तथा विद्युत आदान प्रदानका लागि अध्ययन गरी निजी क्षेत्रको संलग्नताका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने ।

-व्यवसायिक हितको लागि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श जस्ता व्यवसायिक संस्थाहरुसँग संस्थागत सम्बन्ध विकास गरी सहकार्य गर्ने ।

-पेशागत संस्थाहरु जस्तै नेपाल ईन्जीनियरिङ्ग एसोसिएसन, नेपाल टनेलीङ्ग एसोसिएसन, नेपाल पत्रकार महासंघ, लागयतका संस्थाहरुसँग संस्थागत सम्बन्ध विकास गरी छलफल र अन्तरकृया कार्यक्रमहरु गर्ने ।

-दमा मान्यता प्राप्त राजनीतिक दलसँग नेपालमा उर्जा विकासको अवस्था, संभावना र लगानी मैत्री निति निर्माणको लागि छलफल तथा अन्तरकृया कार्यक्रमहरु सञ्चालन गर्ने ।

Share News