
काठमाडौं । इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने भएको छ । यसका लागि ग्राहकले नेपाल टेलिकमका प्रिपेड, पोस्टपेड र एनटिसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ ।
असार १५ गतेसम्मका लागि सञ्चालन हुने यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने इसेवाले जानकारी दिएको छ । इसेवाको अनुसार क्यासब्याक ग्राहकले रिचार्ज गरेको २४ घण्टाभित्र इसेवा वालेटमा जम्मा हुनेछ ।
यस अफरमा जित्न सकिने कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज प्रदान गर्दछ । यसमा शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ ।
यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् ।