काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा आइतबार शाहीले प्रधानमन्त्री प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने तर्क गर्दै राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘नैतिकताको आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अदालतलाई काममा असर नगर्नेगरी मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने।