खुला नभएको हिमाल अनुमति बिनानै आरोहण, ३३ हजार डलरसहित कारवाही हुने

<p>काठमाडौं १, मंसिर ।सरकारले आरोहणका लागि खुला नगरेको हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले अनुमति विना नै अरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण खुला नै भएको [&hellip;]</p>

काठमाडौं १, मंसिर ।सरकारले आरोहणका लागि खुला नगरेको हिमालमा अमेरिकी नागरिक सेन ब्रुचले अनुमति विना नै अरोहण गरेका छन् । ब्रुचले नेपालका विभिन्न ३१ वटा हिमाल २१ दिनमै आरोहण गरेको दाबी गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अमेरिकी नागरिकले आरोहण दाबी गरेका हुम्ला जिल्लाका तीन हिमालमध्ये एउटाको आरोहण खुला नै भएको छैन ।

ब्रुचले हुम्ला जिल्लामा रहेको हालसम्म नै मानव पाइल नपरेको चण्डी हिमाल(६१४२ मि), चाङ्ला हिमाल (६५६३ मि)को आरोहण गरेको दाबी गरेका छन् । यस बाहेक हुम्ला भ्याली रिजनको काङ्गुँ हिमाल, आरोहण गरेको दाबी गरेका छन् । मन्त्रालयका अनुसार यो हिमाल आरोहणको लागि खुला नै नभएको छैन ।
sen-bruch-american
ब्रुचले आरोहण दाबी गरेको अन्य दुई हिमाल पनि ६ हजार मिटर माथिका छन् । मन्त्रालयका अनुसार यी हिमालमा पर्यटन मन्त्रालयको अनुमति विना नेपाली मात्रै चढ्न पाउँछन् । विदेशीले आरोहण गर्न चाहो तीन जना नेपाली अनिवार्य चाहिने, गार्वेज डिपोटिज, नेपाली कामदारको विमा, हिमाल आरोहणको अनुमतिसमेत चाहिन्छ । सुदुरपश्चिम र मध्य पश्चिमका हिमाल आरोहण गर्न सरकारले पाँच वर्षका निम्ति अनुमति शुल्क मिनाहा गरेको भएपनि आरोहण अनुमति भने अनिवार्य भएको मन्त्रालयको भनाइ छ ।

नेपालमा १३ सय १० हिमाल रहेको भएपनि सरकारले भने ४१४ वटाको मात्रै आरोहण लागि अनुमति दिने गरेको छ । सरकारले आरोहण खुला नगरेको हिमाल आरोहण गर्ने नपाईने पन मन्त्रालयको भनाइ छ ।

अनुमति विनाका हिमाल आरोहण गरेका ती अमेरिकी नागरिकलाई पर्यटन ऐन २०३५ को दफा ३८ बमोजिम ३३ हजार डलर नगदसिहत कारवाही हुने भएको छ । यो ऐनमा भएको व्यवस्था अनुसार नेपाल सरकारले आरोहणका लागि खुला नगरेको हिमाल आरोहण गरेमा सर्वोच्च शिखर आरोहणमा लाग्ने दस्तुरको तीन गुण शुल्क जरीवानावापत दिर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाको आरोहण अनुमति शुल्क ११ हजार डलर रहेकोले कम्तिमा ३३ हजार डलर शुल्क जरीवाना लाग्ने मन्त्रालयको भनाइ छ ।

२१ दिनमा ३१ हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेको दाबी गर्दै हिडेका ब्रुच द नेपाल ट्रस्टमार्फ आरोहणमा गएका हुन । ट्रस्टले भने उनको दाबीलाई आधिकारिकता दिन प्रयास भइरहेको बताएको छ । उनले एउटा हिमालको नाम भने आफ्नै हजुरआमाको नामबाट नामाकरण गरेको दाबी गरेका छन् ।

सरकारले आरोहण खुला नगरेको हिमाल चढेको, एजेन्सी विना गएको, नेपाली अनिवार्य जानुपर्नेमा नेपाली नलगेको, पदयात्राको अनुमतिले पर्वतारोहणमा गएकोसहतिका कमजोरी भेटिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । उनका अनुसार ती अमेरिकी नागरिकले अपराध गरेको अनौपचारिक रुपमा जानकारी आइसकेको छ । उनलाई आवश्यक कारावही गर्न पर्यटन मन्त्रालयले पत्रमार्फत नै मातहतका निकाय र अन्य निकासँग समन्वय गर्ने भएको जानकारी पनि दिए । मन्त्रालयका अनुसार २१ दिनमा ३१ हिमाल आरोहण संम्भव नभएको र ब्रुचले कुनकुन हिमाल आराहेण गरे भन्ने विवरण पनि नभएको बताएको छ । अन्नपूर्ण पोस्टबाट ।

Share News