गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम बन्द

<p>काठमाडौं । गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्काल कार्यान्वयनको माग गर्दै आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको हो । २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर [&hellip;]</p>

काठमाडौं । गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्काल कार्यान्वयनको माग गर्दै आइतबार सुदूरपश्चिममा आम हड्ताल गरिएको हो ।

२९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १ सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि आन्दोलन सुरु गरिएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हड्ताल गरेको हो । हड्तालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

शैक्षिक संस्था, बजार व्यवसाय पनि बन्द रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सञ्चालन गर्न नसकेको भन्दै बाध्य भएर आम हडताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।

Share News