काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि टिप्पणी गर्दै अध्यक्ष मल्लले सो बताएका हुन् ।
अध्यक्ष मल्लले यो बजेटले वृद्धभत्ता खारेज गर्नु पर्ने समेत बताएका छन् । ‘वृद्ध हुने संख्या वर्षेनी बढ्छ, ऋण लिएर चालू खर्च गर्ने प्रवृति अन्त्य आवश्यक छ, यसले देशलाई थप संकट उत्पन्न गर्न सक्छ,’ उनले भने ।
त्यस्तै, उनले विद्युतीय सवारी साधान (ईभी) आवश्यक रहेको बताउँदै सरकार र मन्त्री परिवर्तन हुने बित्तिकै नीति फेर्नु नहुने भनाई राखे ।
बजेटले करको दरभन्दा पनि दायरा बढाउनु पर्ने अध्यक्ष मल्लले बताए ।