काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बाँझो जमीनमा उद्यम गर्नका लागि ७ अर्ब रुपैयाँ बजेठ विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् ।
‘आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगारी वृद्धि कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, यस कार्यक्रमलाई मूलतः कृषिको व्यवासायीकरण, लघु तथा साना उद्यमको प्रवद्र्धन र सूचना प्रविधि तथा पर्यटन क्षेत्रको विकासमा केन्द्रित गरिनेछ ।
बाँझो र उपयोगविहीन जमीन प्रयोग गरी उद्यम गर्न प्रोत्साहित गरिने उनले बताए । स्थानीय तह र समन्वयमा सञ्चालन हुने यस कार्यक्रमको निर्देशिका साउन भित्र तर्जुमा गरिने उनको भनाइ छ । यस कार्यक्रमका लागि ७ अर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।