काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा घट्यो गाडी भाडा

<p>काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार  सार्वजनिक सवारीको भाडा घटेको हो । बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यातयातको भाडा ५.९ प्रतिशतले घटेको छ । यस्तै, उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक [&hellip;]</p>

काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार  सार्वजनिक सवारीको भाडा घटेको हो ।

बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यातयातको भाडा ५.९ प्रतिशतले घटेको छ ।

यस्तै, उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले र प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।

मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको जानकारी दिएको छ । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

Share News