हामीले कर्मचारी मागेका छैनौं, सामाजिक संजालको सूचना गलत हो : टेलिकम

<p>काठमाडौं । नेपाल टेलिकमले सामाजिक संजालहरुमा कम्पनीले कर्मचारीकाे माग गरेकाे बारेमा आएको सूचना गलत रहेको बताएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको पदाधिकारीहरुको नाम समेत जोडि विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर तथा ह्वाट्सएपमा टेलिकमले कर्मचारी मागेको बारे गलत सूचना प्रवाह भइरहेको बताएको हो । कर्मचारी सम्बन्धी सूचना टेलिकमले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले सामाजिक संजालहरुमा कम्पनीले कर्मचारीकाे माग गरेकाे बारेमा आएको सूचना गलत रहेको बताएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको पदाधिकारीहरुको नाम समेत जोडि विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर तथा ह्वाट्सएपमा टेलिकमले कर्मचारी मागेको बारे गलत सूचना प्रवाह भइरहेको बताएको हो ।

कर्मचारी सम्बन्धी सूचना टेलिकमले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको जानकारी दिएको छ ।

यस्तै, आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्ने कम्पनीले सबैलाई आग्रह गरेको छ ।

Share News