रविको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्रीको मुटु जाँच गर्न कहाँ जाने ?

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरुलाई कारवाही गर्न डराएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डले आफू र गृहमन्त्रीको मुटु दरो भएको बताएपनि छानवीन गर्नबाट पछि हटेको आरोप लगाएका हुन । ‘गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरुलाई कारवाही गर्न डराएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डले आफू र गृहमन्त्रीको मुटु दरो भएको बताएपनि छानवीन गर्नबाट पछि हटेको आरोप लगाएका हुन ।

‘गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो, उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने’, उनले प्रश्न गर्दै भने, ‘खुट्टा कमाउनु भएन, कारबाहीको दायरामा ल्याउनुपर्छ, यत्रो ठूलो बेइज्जत भएको अवस्थामा एकपटक सोधपुछका लागि बोलाउन नहुने, को हो उहाँहरू ।’

यस्तै, उनले दिनदहाडै बालुवाटारदेखि सिंहदरबारसम्म लेनदेन भइरहेको तथ्यहरु सार्वजनिक हुँदा विश्वास गर्ने वातावरण नै नभएको बताए ।
‘आज कुनै पनि राजनीतिक दल बाँकी रहेको छैन, जसलाई आरोप लाग्न बाँकी रहेको होस्, यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन, दिनदहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भइरहेका विषयहरू आइरहेका छन्, उनले भनेका छन्, ‘जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन । जस–जसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछसम्म नगर्ने गरी किन डराएको ?

Share News