पूर्वप्रधानमन्त्री ओलीको स्वकीय सचिवमाथि छानबिन गर्न माग

<p>काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरिएको छ । बुधबार भइरहेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिशिर खनालले आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको सचिवमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । &#8216;आएजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि [&hellip;]</p>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरिएको छ ।

बुधबार भइरहेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिशिर खनालले आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको सचिवमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

‘आएजीपी, पूर्वसचिव, पूर्व मेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरन्त छानबिन होस्,’ उनले भने ।

मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका थिए ।

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकाे मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

 

Share News