सरकारको कर्जा र ब्याज नतिर्ने ७० सहकारीलाई चेतावनी, कुन-कुन हुन् ?

<p>काठमाडौं । कर्जा र ब्याज नतिर्ने ७० सहकारी संस्थालाई तीनपुस्ता सहति कालोसूचीमा राख्ने चेतवानी दिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साँवा व्याज र हर्जाना रकम ३५ दिन भित्र नतिर्ने ७० संस्थाका सञ्चालकको तीन पुस्तालाई कालोसूचीमा राख्ने बताएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको छ [&hellip;]</p>

काठमाडौं । कर्जा र ब्याज नतिर्ने ७० सहकारी संस्थालाई तीनपुस्ता सहति कालोसूचीमा राख्ने चेतवानी दिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साँवा व्याज र हर्जाना रकम ३५ दिन भित्र नतिर्ने ७० संस्थाका सञ्चालकको तीन पुस्तालाई कालोसूचीमा राख्ने बताएको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको छ । बुधबार ३५ दिने सूचना जारी गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण तत्काल चुक्ता गर्ने निर्देशन दिएको हो ।

कोषले देशभरिका विभिन्न ७० सहकारी संस्थाको नाम सार्वजनिक गर्दै साँवा व्याज र हर्जाना सहितको सम्पूर्ण रकम बुझाउन भनेको हो । यदि तोकिएको समयमा रकम नबुझाएमा संस्थाका संचालक समिति, लेखा समिति एवं कर्जा उप-समिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) को तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

Share News