बजेटको मस्यौदा तयार, बुधबार राष्ट्रपतिसमक्ष ब्रिफिङ गरिने

<p>काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको मस्यौदा तयार पारिएको जनाएको हो । मस्यौदा तयार पारेको अर्थले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ गर्ने तयारी गरेको छ । अर्थले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपति समक्ष [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटको मस्यौदा तयार पारिएको जनाएको हो । मस्यौदा तयार पारेको अर्थले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ब्रिफिङ गर्ने तयारी गरेको छ ।

अर्थले यसअघि नै सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ १० गते अर्थमन्त्रीले राष्ट्रपति समक्ष बजेटको ब्रिफिङ गर्ने र बुधबार नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमानसहित) अन्तिम रूप दिइनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बुधबार अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रपति समक्ष बजेटको ब्रिफिङ गर्ने जानकारी दिए ।

बजेट लेखनमा दैनिक १७ घण्टा खटिरहेका छन् अर्थमन्त्री, कोर टीम पनि सीसीटीभीको निगरानी  

Share News