सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने व्यवस्था गर्न माग

<p>काठमाडाैं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् । राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले  सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन [&hellip;]</p>

काठमाडाैं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले  सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे ।

Share News