२ सहकारी संस्थाले काठमाडौंमा घरजग्गा बेच्दै

<p>काठमाडौं । दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका ६ महाँकाल स्थित सिट नम्बर १०२१०२८-११, कित्ता नम्बर ६३९, ६४१, ६४३, ६४५ को क्रमशः ०-१-०-३, ०-१-०-२, [&hellip;]</p>

काठमाडौं । दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका ६ महाँकाल स्थित सिट नम्बर १०२१०२८-११, कित्ता नम्बर ६३९, ६४१, ६४३, ६४५ को क्रमशः ०-१-०-३, ०-१-०-२, ०-३-१-२, ०-१-१-०, गरी जम्मा क्षेत्रफल ०-६-३-३ भएको जग्गा बिक्री गर्ने भएको हो ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । सहकारी संस्थाको केन्द्रिय कार्यालय धुम्बाराही काठमाडौंमा बोलपत्र पेश गर्नु पर्नेछ ।

यस्तै, आइएमई कोअपरेटिभ सर्भिसले पनि आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाको नाममा मालपोत कार्यालय चावहिल काठमाडौंमा दर्ता कायम साविक जोरपाटी गा.वि.स. ६ स्थित सिट नम्बर १०२१०२९१० को कित्ता नम्बर १९ को ३३०.४० वर्गमिटर क्षेत्रफल भएको जग्गा र सो जग्गामा बनेको ३३७८.२७ वर्ग फुटको घर, कम्पाउण्ड सहितको चर्चको सम्पूर्ण सामान बिक्री गर्ने भएको हो । ३५ दिन अर्थात् असार १० गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु असार ११ गते खोलिने बताएको छ ।

Share News