इप्पानको साधारण सभा जेठ ३२ गते हुने

<p>काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को वार्षिक साधारण सभा जेठ ३२ गते हुने भएको छ । इप्पानको आइतबार बसेको कार्यसमितिको बैठकले जेठ ३२ गते साधारण सभा बोलाएको हो ।बैठकले यहि साधारणसभामा नयाँ कार्यसमितिको निर्वाचन गर्ने समेत निर्णय गरेको छ । यस्तै, निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गतेभित्र सदस्यता नविकरण र नयाँ [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को वार्षिक साधारण सभा जेठ ३२ गते हुने भएको छ ।

इप्पानको आइतबार बसेको कार्यसमितिको बैठकले जेठ ३२ गते साधारण सभा बोलाएको हो ।बैठकले यहि साधारणसभामा नयाँ कार्यसमितिको निर्वाचन गर्ने समेत निर्णय गरेको छ ।

यस्तै, निर्वाचन प्रकृयामा भाग लिनको लागि जेठ २५ गतेभित्र सदस्यता नविकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने समेत बैठकले निर्णय गरेको छ ।

साथै, बैठकले साधारणसभाका तयारीको लागि उपाध्यक्ष मोहन कुमार डाँगीको संयोजक रहने गरी सचिव राम प्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मुल तयारी समिति र संस्थाको हालको स्वरुपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउने सम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरत बहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरको छ ।

Share News