काठमाडौं । सहकारीको पैसा फिर्ता गर्न नसकेपछि मेयर नै फरार भएका छन् । सहकारीबाट लिएको ऋण र्ति नसकेपछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् ।
इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनी सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको बुझिएको छ । अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।
पछिल्लो समय विभिन्न सहकारीमा सममस्या सिर्जना भएको छ । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर सञ्चालकहरु फरार भइरहेका छन् ।
उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । व्यवसायीका नामले पनि परिचित उनले बुर्तिबाङमा एउटा फेन्सी पसलबाट व्यवसाय सुरु गरेका थिए । अहिले उनले काठमाडौं, पोखरा, बागलुङ र बुर्तिबाङमा व्यवसाय गरिरहेको बताइएको छ । उनले व्यवसायमा सफलतासँगै राजनीतिमा पनि प्रवेश गरेका थिए भने सँगै सहकारी पनि सञ्चालन गर्दै आएका थिए ।