ब्वाई फ्रेण्डलाई उपहार दिन ग्राहकको खाताबाट डेढ करोड चोरी, दिन नपाउँदै हतगढी

<p>काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार ग्राहकको रकम ठगी [&hellip;]</p>

काठमाडौं । ग्राहकको खाताबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा एभरेष्ट बैंकका ९ जना कर्मचारी पक्राउ परेका छन् । सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाबाट ग्राहकको डेढ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाखा प्रमुखसहित ९ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार ग्राहकको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जना गरी ९ जना पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा एभरेष्ट बैंक गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल रहेका छन् ।

रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताए । प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् ग्राहकको रकम झिकेर हिनामिना गरेका थिए ।

१४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म गरी ५९ पटक कनेक्ट–आईपीएसमार्फत् ग्राहकको रकम झिकेका थिए । यस्तै, बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निस्क्रिय खातालाई सक्रिय गराइ ३५ लाख ४८ हजार १५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको पनि प्रहरीले बताएको छ । एभरेष्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज प्रधानलाई प्रहरीले गत चैत २२ गते, धनुषाका भुजेललाई वैशाख १० र भक्तपुरका खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा एभरेष्ट बैंकको इटहरी शाखाका इञ्चार्जको समेथ संलग्नता देखिएपछि उनीहरुलाई जेठ ५ गते पक्राउ गरिएको हो ।

स्रोतका अनुसार ईटहरी शाखामा कार्यरत पवित्रा कटुवालले ब्वाइफ्रेन्डको बर्थडेमा बाइक उपहार दिन ग्राहकरुको खाताबाट रकम चोरिको योजना बनाएकी थिइन् । तर, उनले उपहार दिन नपाउँदै पक्राउ परेकी हुन् ।

Share News