इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, काठमाडौंमा घर जित्न सकिने

<p>काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ । इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका [&hellip;]</p>

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी इसेवामनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ । इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।

कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खातावा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुईतलाको घर दिने घोषणा गरेको थियो । ७ असोज देखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू मध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्बजनिक गरिने कम्पनीले जनाएको छ । कम्पनीले अभियानअवधिभर हरेकमहिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो ।

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अभियानका विषयमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । उनले भने, ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो, यस अभियानले डिजिटल रेमिट्यान्सलाई बढाउन हामीलाई थप हौसला मिलेको छ ।’

Share News