
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका गोपाल खनाल सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (सार्क सिसिआई), नेपालको कार्यकारी समिति सदस्यमा नियुक्त भएका छन् ।
महासंघका कार्यकारी समिति सदस्य रहेका खनाल मंगलबार उक्त पदमा नियुक्त भएका हुन् ।
सार्क चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिका कार्यकारी महासचिव जुल्फिकार बटले खनालको बहुमूल्य योगदान, अनुभव र व्यावसायिक अनुभवले सार्क सीसीआई फाइदा हुने बताएका छन् ।
नेपाल मेगा कलेजका अध्यक्ष रहेका खनालको बैंक, शिक्षा, कार्पेट, प्रकाशन गृह लगायतका विभिन्न क्षेत्रमा लगानी रहेको छ ।