सरकारले राष्ट्रिय योजना आयोगको पुनःसंरचना गर्ने

<p>काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगलाई पुनःसंरचना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले आयोगको पुनःसंरचना गरी नीति¸ योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने बताएउ । ‘नीति अनुसन्धानमा [&hellip;]</p>

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगलाई पुनःसंरचना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

उनले आयोगको पुनःसंरचना गरी नीति¸ योजना तथा अनुगमनको केन्द्रीय निकायको रूपमा विकास गरिने बताएउ । ‘नीति अनुसन्धानमा रहेको संस्थागत दोहोरोपना हटाइनेछ, सार्वजनिक क्षेत्रबाट हुने अध्ययन¸अनुसन्धान विश्वविद्यालयमार्फत गराइनेछ, तथ्यमा आधारित नीति तर्जुमाका लागि राष्ट्रिय तथ्याङ्क प्रणालीको संस्थागत सुदृढीकरण गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

Share News