नीति तथा कार्यक्रम : कर प्रणाली पुनरावलोकन गरिने

<p>काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणालीलाई पुनरावलोकन गर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले राजश्व प्रशासनलाई थप सदृढ र चुस्त बनाइने बताए । राजश्वको दायरा विस्तार गर्दै राजश्व चुहावट, न्यून विजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी [&hellip;]</p>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणालीलाई पुनरावलोकन गर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले राजश्व प्रशासनलाई थप सदृढ र चुस्त बनाइने बताए । राजश्वको दायरा विस्तार गर्दै राजश्व चुहावट, न्यून विजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजीलाई पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने उनको भनाइ छ ।

Share News