काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वर्तमान सरकारले नेतृत्व सम्हालेपछि सबै क्षेत्रमा सकारात्मक नजिदा देखिन थालेको बताएका हुन ।
‘पछिल्लो समय आर्थिक परिसुचक सकारात्मक भएको छ, अर्थतन्त्र पुरानै अवस्थामा फर्कन थालेको छ, विप्रेषण आप्रवाह बढेको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, विदेशमा रहेका लाखौ नेपाली सामाजिक सुरक्षा कोषमा आवद्धको तयारी गरिएको छ, सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छ’, उनले भनेका छन् ।