आइएमई ईण्डियाको नयाँ शाखा भारतको राजधानी नयाँ दिल्लीमा

<p>काठमाडौं । आइएमई इण्डियाले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा।शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन् । आइएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने [&hellip;]</p>

काठमाडौं । आइएमई इण्डियाले भारतको राजधानी नयाँ दिल्ली स्थित कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदुत डा।शंकर प्रसाद शर्माले सो शाखा उदघाटन गरेका हुन् ।

आइएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंक सँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने छ ।

शाखा उद्घाटन गर्दै राजदुत डा शर्माले नयाँ दिल्ली सहरको मुटु रहेको कनॉट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिए । नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने उनले बताए ।

सो अवसरमा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले यो सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए । यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने पनि प्रबन्ध निर्देशक ढकाल बताउँछन् ।

Share News