बिगमार्टमा सपिङ गरी आइएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

<p>काठमाडौं । आइएमई डिजिटल सोलुसनको &#8216;आइएमई पे&#8217;ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । &#8216;ह्यप्पी शपिङ याट् बिगमार्ट&#8217; नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् । सो छुट अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा [&hellip;]</p>

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ले चितवनको बिगमार्टसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ ।

‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकले जेठ महिनाभरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

सो छुट अन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटकसम्म पाउने छन् ।

अफरको दोश्रो चरण असार १ गतेदेखी साउन ३२ गतेसम्म रहने छ । सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहकलाई विभिन्न किसिमका गेमहरु खेलाइ आकर्षक उपहारहरु प्रदान गर्नेछ ।

Share News