काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका क्रममा रिजाललाई बिहीबार झापाबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई काठमाडौं ल्याइएको प्रहरी जनाएको छ ।
रिजालले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका थिए ।