वित्तिय क्षेत्र अस्वस्थ छ, बचतकर्ताको पैसा खोला तरेर सिमाना नाघिसक्यो

<p>काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले हाल वित्तिय क्षेत्र अस्वस्थ रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताए । उनले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्थव्यस्त रहेको बताउँदै भने,&#8217;यो क्षेत्रमा ऋण नतिरौं भन्ने, बचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी [&hellip;]</p>

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले हाल वित्तिय क्षेत्र अस्वस्थ रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताए ।

उनले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्थव्यस्त रहेको बताउँदै भने,’यो क्षेत्रमा ऋण नतिरौं भन्ने, बचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी गरेर पुँजी निर्माण गर्नेहरु समेत भेटिएको छ ।’

उनले सामान्य बचतकर्ताको पनि पैसा खोला तरेर  सिमाना नाघिसकेकाे बताउँदै भने,’सरकारले पैसा सिरानी मुनी छ भनेर अब भेटिँदैन ।’

यस्तै, उनले बीमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको बताए । राज्य कमजोर भएकाले पनि अर्थतन्त्रको प्रणालीमा समस्या देखिँदै गएको उनी बताउँछन् ।

Share News