विद्युत प्राधिकरणका कर्मचारीले भत्ता र खाजा खर्च नपाउने

<p>काठमाडौं । विद्युत प्राधिकरणले विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्न निर्णय गरेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्न निर्णय गरेको जानकारी दिएका हुन् । मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको घिसिङद्वारा जारी परिपत्रमा उल्लेख छ । [&hellip;]</p>

काठमाडौं । विद्युत प्राधिकरणले विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्न निर्णय गरेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै विभिन्न शीर्षकहरुमा हुने खर्च कटौती गर्न निर्णय गरेको जानकारी दिएका हुन् ।

मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको घिसिङद्वारा जारी परिपत्रमा उल्लेख छ ।

परिपत्रअनुसार प्राधिकरणले तह १० वा सोभन्दा माथिका पदाधिकारी, कार्यालय प्रमुख र आयोजना प्रमुखलाई  अतिरिक्त समय भत्ता र खाजा भत्ता नदिने निर्णय गरेको छ ।

कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । यस्तै, कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन काममा लगाएमा पनि समय भत्ता र खाजा खर्चका नदिइने र साथै गाडी प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

यस्तै, तोकिएको कार्यालय समयभित्र सबै कर्मचारीहरुबाट कार्य सम्पादन गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ ।

Share News