क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको जवाफ दिदैँ उनले तत्कालीन माओवादी शिविरमा कुनै अनियमितता नभएको र त्यसको छानबिनबाट दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका हुन । उनले २०४८ सालपछिका सबै [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको जवाफ दिदैँ उनले तत्कालीन माओवादी शिविरमा कुनै अनियमितता नभएको र त्यसको छानबिनबाट दोषी ठहरिए आफू जेल जान तयार रहेको बताएका हुन ।

उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न आफू तयार रहेकोे बताउँदै राजनीतिक पूर्वाग्रहका आधारमा माओवादी शिविरमा अनियमितता भएको भन्दै आरोप लगाईने गरिएको बताए ।

Share News