काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानूनी कारवाही हुने बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद मेखमणि चौधरीको तर्फबाट शेरबहादुर कुँवरले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रमाणका आधारमा सबै दोषीलाई कारवाही गर्ने बताएका हुन ।
नेपालीलाई भुटानी शरणर्थीको नाममा करोडौँको ठगिमा शिर्ष नेतासँगै भिभिआईपी संग्लन भएको रिपोेट आएको भन्दै उनले उनीहरुलाई कारवाही गर्न के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए ।
उनले राखेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्रीले प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका कर्मचारीलाई कानुनी कारवाहीमा ल्याउन सरकार कुनै पनि कसुर बाँकी नराख्ने बताएका हुन् ।
‘अहिलेसम्म कुनै पनि तहबाट हस्तक्षेप भएको छैन र हस्तक्षेप हुन पनि दिइनेछैन्, दोषि कोही पनि उंकन नपाओस र निर्दोश कोही पनि उंकन नपाओस भन्ने यो सरकारको मान्यता हो’, उनले भने, ‘यस्ता विषयमा सरकारले कुनै पनि आग्रह र पूर्वाग्रह राख्दैन, अपराधीलाई कानूनी दायरामा ल्याउनु पर्छ, मैले गृहमन्त्रीलाई निर्धक भएर काम गर्न निर्देशन दिएको छु ।’