सर्वोच्चले रोकेका कारण लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिएन : प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वाेच्च अदालको फैसलाका आधारमा नै लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताउँदै सर्वाेच्चका कारण सार्वजनिक नभएको बताएका हुन । ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वाेच्च अदालको फैसलाका आधारमा नै लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफमा उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताउँदै सर्वाेच्चका कारण सार्वजनिक नभएको बताएका हुन ।

‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्न लाल आयोग गठन भएको कुरा साँचो हो, त्यो आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र म पनि पर्छ,’ उनले भने, ‘यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी गराउन चाहन्छु ।’

उनले सर्वोच्चको फैसलालाई पुनरावेदन गरेर प्रतिवेदन सार्वजनिक गर्ने मान्यतामा आफू रहेको बताए ।

Share News