नियमावली पटक-पटक संशोधन गरेर निर्माण व्यवसायीको अभिष्ट पूरा गर्ने काम भयो : सचिव आचार्य

<p>काठमाडौं । राष्ट्रिय सतकर्ता केन्द्रका सचिव शुरेस आचार्यले सार्वजनिक खरिद नियमावली पटक-पटक संशोधन गरेर (निर्माण व्यवसायी) कसैको अभिष्ट पूरा गर्ने काम भएको बताएका छन् । आज काठमाडौंमा आयोजित सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका विषयक कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा सचिव आचार्यले सो बताएका हुन् । ‘म्याद थप गर्नकै लागि खरिद नियमावली ४/५ पटक संशोधन भएको छ, [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सतकर्ता केन्द्रका सचिव शुरेस आचार्यले सार्वजनिक खरिद नियमावली पटक-पटक संशोधन गरेर (निर्माण व्यवसायी) कसैको अभिष्ट पूरा गर्ने काम भएको बताएका छन् । आज काठमाडौंमा आयोजित सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका विषयक कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा सचिव आचार्यले सो बताएका हुन् ।

‘म्याद थप गर्नकै लागि खरिद नियमावली ४/५ पटक संशोधन भएको छ, एउटै नियमावली पटक-पटक संशोधन गरेर कसैको अभिष्ट पुरा गर्ने काम भएको छ’, उनले भने, ‘किन त्यसो हुन्छ भने त्यहाँ क्वालीटीको काम हुँदैन ।’ अहिले पनि १३औं संशोधन गर्ने तयारी भएको उनले बताए ।

Share News