महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल नियुक्त भएका छन् । महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले  खनाललाई उक्त पदमा नियुक्त गरेका हुन् । महासंघको वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८(ग) बमोजिम खनाल नियुक्त भएका हुन् । महासंघका कार्यकारिणी सदस्य [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको सभापतिमा गोपाल खनाल नियुक्त भएका छन् । महासंघको अध्यक्ष चन्द्र प्रसाद ढकालले  खनाललाई उक्त पदमा नियुक्त गरेका हुन् ।

महासंघको वैशाख ३ गते बसेको पहिलो कार्यकारिणी समितिको बैठकले अध्यक्षलाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८(ग) बमोजिम खनाल नियुक्त भएका हुन् ।

महासंघका कार्यकारिणी सदस्य समेत रहेका खनालको सभापतित्वमा गठित समितिले जिम्मेवारीपूर्व काम गरी महासंघलाई महत्वपूर्ण योगदान दिने विश्वास रहेको अध्यक्ष ढकाललले बताए ।

ढकालको अनुसार समितिबाट भएका गतिविधि एवं कार्यबारे अर्धवार्षिक रुपमा पुनरावलोकन गरी मुल्यांकन गरिने व्यवस्था रहेको छ ।

Share News