अर्थमन्त्री भन्छन् : रायमाझी र खाँणको केस फरक हो, एउटैमा जोड्न मिल्दैन

<p>काठमाडौं । अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् । मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताएक हुन् । उनले निर्दोष दोषी हुने र दोषी निर्दोष [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् ।

मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताएक हुन् । उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताए ।

उनले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताए ।

‘एमाले सचिव टोपबहादुर रायमाझी र खाँणको केस फरक रहेको छ, एउटैमा जोड्न मिल्दैन, अनुसन्धान चलिरहेको छ, अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ,’ उनले भने ।

त्यस्तै, उहाँले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा। आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनले आग्रह गरे

उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताएका छन् । घटनामा संलग्नहरु दोषी प्रमाणित भएमा कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने उनले बताए ।

Share News